शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बंगलादेशमा शेख हसिनाका विरोधी हादीको गोली हानी हत्या

बंगलादेशमा शेख हसिनाका विरोधी हादीको गोली हानी हत्या

नागरिक पाटी

४, पौष २०८२
  • 2.9K
    SHARES
  • बंगलादेशमा शेख हसिनाका विरोधी हादीको गोली हानी हत्या

    बंगलादेशको राजनीति र सडकमा तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब मञ्चका प्रवक्ता शरिफ उस्मान हादीको सिंगापुरमा उपचारका क्रममा मृत्यु भएको छ । टाउकामा गोली लागेर गम्भीर घाइते भएका हादी ६ दिनसम्म जीवन–मृत्युसँग संघर्षरत थिए । उनको मृत्युपछि देशभर शोक, आक्रोश र विरोध प्रदर्शन सुरु भएका छन् । अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले एक दिनको राष्ट्रिय शोक घोषणा गर्दै दोषीहरूलाई चाँडै पक्राउ गर्ने वाचा गरेका छन् ।

    images
    images

    उस्मान हादीमाथि गत हप्ता अज्ञात आक्रमणकारीहरूले टाउकामा गोली हानेका थिए । अवस्था गम्भीर भएपछि उनलाई सिंगापुरको अस्पतालमा भर्ना गरिएको थियो । हादी जुलाई आन्दोलनका अग्रपंक्तिका नेता मानिन्थे । अहिलेको राजनीतिमा उनको भूमिका निकै महत्वपूर्ण थियो । उनको मृत्युलाई आन्दोलनमाथिको आक्रमणका रूपमा हेरिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष ४, २०८२ शुक्रवार - १०:५१:४२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology