शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

जनमैत्री बहुमुखी क्याम्पसको ३५ औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

जनमैत्री बहुमुखी क्याम्पसको ३५ औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

शिवराज आचार्य

६, पौष २०८२
  • 4.0K
    SHARES
  • जनमैत्री बहुमुखी क्याम्पसको ३५ औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

    काठमाण्डौंको कुलेश्वरमा अवस्थित जनमैत्री बहुमुखी क्याम्पसले आफ्नो स्थापनाको ३५ औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ।

    images
    images

    कार्यक्रममा क्याम्पसले विगत ३५ वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको चर्चा गरिएको थियो। यसै क्रममा स्वागत मन्तव्य दिँदै क्याम्पसका प्रमुख भोलानाथ ओझाले आगामी दिनमा शैक्षिक गुणस्तर, अनुसन्धान, प्रविधिमैत्री शिक्षामा थप जोड दिन बागमती विश्वविद्यालयमा समाहित गरिएको समेत जानकारी दिनु भयो।

    कार्यक्रममा बोल्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष डा। डिल्ली राज खनालले जनमैत्री बहुमुखी क्याम्पसले सामुदायिक क्याम्पसको रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्दै समाजमा सक्षम जनशक्ति उत्पादन गर्दै आएको बताउनु भयो। उहाँले बागमती विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा जनमैत्री क्याम्पस एउटा सशक्त शैक्षिक केन्द्र बन्न सक्ने बताउनु भयो।

    क्याम्पस वार्षिकोत्सम समारोहका प्रमुख अतिथि बागमती विश्वविद्यालयका अध्यक्ष प्रा।डा।चन्द्रमणी पौडेलले बागमती विश्वविद्यालयको अवधारणा माथी प्रकाश पार्नु भएको थियो। यसैक्रममा क्याम्पसका विभिन्न कार्यक्रम अध्ययन पूरा गरेका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार, २५ वर्ष अनवरत रुपमा क्याम्पसमा सेवा गरेका शिक्षक कर्मचारीहरलाई दीर्घसेवा पदकबाट सम्मान गरिएको थियो भने यसै क्रममा क्याम्पसको भाषा तथा साहित्य विभागका निवर्तमान विभागीय प्रमुख सहप्राडा मीरा प्रधानलाई सेवा निवृत्त हुनु भएकोमा सम्मान गरिएको थियो ।

    वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा क्याम्पस सभाका सभासदहरू, क्याम्पस सञ्चालक सिमितका पदाधिकारीहरू, क्याम्पसका संस्थापक क्याम्पस प्रमुख ज्ञानबहादुर हमाल, प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत तथा विविध प्रस्तुती मार्फत सांस्कृतिक कार्यक्रमलाई आकर्षक बनाएका थिए।

    कार्यक्रमका केही तस्बिहरु : 

    98a5e21d-1d58-4c26-b4b3-179c0f6bf2b7.jfif

    a3894549-f859-472a-8d4f-00b394e561ee.jfif

    e7c1fefc-c7b6-4196-813a-645fab510701.jfif

    e2351460-99a2-4554-9af9-babd8864fed3.jfif

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष ६, २०८२ आइतवार - २०:४१:१९ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology