तराईका धेरै स्थानमा आज बिहान हुस्सु र कुहिरो लागेको छ । केही भूभागमा मौसम बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सु र कुहिरो रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ ।
बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ । विभागले राति तराई भूभागका धेरै स्थानमा हुस्सु रहनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ ।
बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।