शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

चितवनको पुरानो सदरमुकाम उपरदाङ्गढीमा कोतघर निर्माण गरी सङ्ग्रहालय बनाइयो

चितवनको पुरानो सदरमुकाम उपरदाङ्गढीमा कोतघर निर्माण गरी सङ्ग्रहालय बनाइयो

नागरिक पाटी

२६, पौष २०८२
  • 2.5K
    SHARES
  • चितवनको पुरानो सदरमुकाम उपरदाङ्गढीमा कोतघर निर्माण गरी सङ्ग्रहालय बनाइयो

    चितवनको पुरानो सदरमुकाम उपरदाङगढीमा रहेको गढीमा कोतघर निर्माण गरी सङ्ग्रहालयका रूपमा विकास गरिएको छ । कोतघरमा तोपसहितको हातहतियार राखेर सङ्ग्रहालयका रूपमा विकास गरिएको हो ।

    images
    images

    नेपाली सेनाले सङ्ग्रहालय निर्माणका लागि ऐतिहासिक हातहतियारहरू सहयोग गरेको छ । नेपाली सेनाको नयाँ सवुज गण भरतपुरका गणपति प्रमुख सेनानी दिनेश लामाका अनुसार छ पाउण्डको तोप एक थान, किटको गोला पचास वटा, भरुवा बन्दुक दुई नाल, छालाको ढाल एक थान, तरबार दुई थान, खुकुरी छवटा र खुँडा एक थान सेनाले उपलब्ध गराएको छ ।

    कोतघर भने इच्छाकामना गाउँपालिकाले रु एक करोड ८३ लाख खर्चेर निर्माण गरेको हो । सङ्ग्रहालयको व्यवस्थापन र रेखदेख इच्छाकामना गाउँपालिकाले गर्दै आएको छ । सेनवंशीय राजा मणिमुकुन्द सेनले निर्माण गरेको यो गढी शाहवंशीय राजा बेलाबहादुर शाहको नायवीमा यसको थप मर्मत गरिएको इतिहास छ । नेपाल एकीकरणका बेला बहादुर शाहका छोरा शत्रुभन्जन शाह यहाँ आएर सेनाको टुकडी राखेको इतिहासमा उल्लेख छ । इच्छाकामना गाउँपालिका–७ मा रहेको गढीमा पुराना हातहतियारहरू प्रदर्शनमा राखिएपछि पर्यटकका लागि थप आकर्षणको केन्द्र बनेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष २६, २०८२ शनिवार - ०७:३०:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology