माघे संक्रान्तिको अवसरमा नुवाकोटको तारकेश्वरस्थित तारुकामा १६ हल गोरु जुधाइएको छ। गोरु जुधाउनका लागि केही हल गोरु बाग्लुङबाट र केही नुवाकोटकै तारकेश्वरबाट ल्याइएको थियो।
तत्कालीन बझाङी राजा विक्रमबहादुर सिंहका छोरा जयपृथ्वीबहादुर सिंह नुवाकोटको तारुकास्थित मामाघर आएका बेला वि.सं. १८८७ मा पहिलोपटक गोरु जुधाएर रमाइलो देखाइएको किंवदन्तीका आधारमा यहाँ हरेक वर्ष गोरु जुधाइको परम्परालाई निरन्तरता दिइँदै आएको स्थानीयको भनाइ छ।