नेकपा एमालेले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि धादिङ जिल्लामा उम्मेदवारको टुंगो लगाएको छ । शनिबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले धादिङ सहित अधिकांश स्थानमा उम्मेदवार चयन गरेको हो ।
एमालेका अनुसार, धादिङ क्षेत्र नम्बर. १ बाट भूमि त्रिपाठीलाई उम्मेदवार बनाइएको छ भने क्षेत्र नम्बर २ बाट धनबहादुर घलेलाई उम्मेदवार छानिएको छ ।
यससँगै धादिङका दुई निर्वाचन क्षेत्रमा एमालेले आफ्ना उम्मेदवार टुंगो लगाएको छ ।