शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धरान दुर्घटना : मृतक १८ महिने बालकसहित ५ जनाको पहिचान खुल्यो

धरान दुर्घटना : मृतक १८ महिने बालकसहित ५ जनाको पहिचान खुल्यो

नागरिक पाटी

४, माघ २०८२
  • 3.1K
    SHARES
  • धरान दुर्घटना : मृतक १८ महिने बालकसहित ५ जनाको पहिचान खुल्यो

    जनकपुरबाट धरानको भेडेटारमा शैक्षिक भ्रमणका लागि आएको एक निजी विद्यालयको बस दुर्घटना हुँदा मृत्यु भएका ५ जनाको पहिचान खुलेको छ ।

    images
    images

    इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक भीषण बहादुर राईका अनुसार मृत्यु हुनेमा झापाका उमेश राई, सुनसरी बराहक्षेत्रका नयन थापा मगर, धरान–१३ की शुभेच्छा सुब्बा, जनकपुरका १८ महिनाको बालक रिसवकुमार मण्डल र धैर्यकुमार यादव रहेका छन् । दुर्घटनामा परी अन्य १७ जना घाइते भएका छन् ।

    आइतबार दिउँसो करिब ४ बजेर १० मिनेट जाँदा धरानको जिरो प्वाइन्टमा जनकपुरस्थित इन्टरनेशनल टेम्स एकेडेमीको को १ ख ७११९ नम्बरको बस दुर्घटनामा परेको हो । भेडेटार घुमेर फर्कने क्रममा बस अनियन्त्रित भई दुर्घटना भएको थियो।

    उक्त बसमा विद्यार्थी नभई विद्यालयका शिक्षक तथा कर्मचारीहरू सवार थिए । जिरो प्वाइन्टमा एउटा स्कुटरलाई बचाउने क्रममा वा अनियन्त्रित भई बस सडक छेउको एक मेडिकल पसलमा ठोकिएको र त्यसपछि सडकमा पल्टिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको राईले जानकारी दिए । दुर्घटनामा परी एउटा स्कुटर क्षतिग्रस्त भएको छ । स्कुटरको नम्बरसमेत नबुझिने गरी क्षति भएको डिएसपी राईले बताए ।

    घाइते १७ जनालाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पुर्‍याइएको छ । घाइतेमध्ये धरान–१३ की यशोदा श्रेष्ठको पहिचान खुलेको छ भने अन्यको विवरण सङ्कलन भइरहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ ४, २०८२ आइतवार - १८:५०:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology