बैरेनी,धादिङ । धादिङ गल्छी गाउँपालिका वडा नम्बर ६ बैरेनीमा रहेको सक्सेस एकेडेमीले १५औं अभिभावक दिवस मनाएको छ । शुक्रबार वसन्तपञ्चमीको अवसरमा एकेडेमीले सांस्कृतिक कार्यक्रम सहित १५औं अभिभावक दिवस मनाएको सक्सेस एकेडेमीका प्रबन्ध निर्देशक रामचन्द्र अर्यालले बताए।

सक्सेस एकेडेमीले कक्षा नर्सरी देखि कक्षा ९ सम्म अध्ययन गरी वार्षिक परिक्षामा प्रथम, द्धितिय, तृतिय हुने विद्यार्थीहरुलाई पुरस्कार सहित समान गरेको प्रबन्ध निर्देशक अर्यालको भनाइ छ।

एकेडेमीले बद्री बहादुर कार्कीेको नाममा स्थापना गरिएको बद्री बहादुर कार्की स्मृति उत्कृष्ट विद्यार्थी पुरस्कार २०८१ बाट विद्यार्थी आर्नव रेग्मीेलाई प्रदान गरिएको छ । त्यसै गरी लोक बहादुर कार्कीको नाममा स्थापना गरिएको लोक बहादुर कार्की स्मृति उत्कृष्ट विद्यार्थी पुरस्कार २०८१ बाट विद्यार्थी सन्जित लामालाई प्रदान गरेकोे छ ।
त्यसै गरी लक्ष्मी प्रसाल अधिकारीको नाममा स्थापना गरिएको लक्ष्मी प्रसाद अधिकारी स्मृति उत्कृष्ट विद्यार्थी पुरस्कार २०८१ बाट विद्यार्थी सज्ञान रिजाललाई प्रदान गरेकोे छ । त्यसै गरी लेखनाथ अधिकारीको नाममा स्थापना गरिएको लेखनाथ अधिकारी स्मृति उत्कृष्ट विद्यार्थी पुरस्कार २०८१ बाट विद्यार्थी बबिना वस्तीलाई प्रदान गरेकोे छ ।

एकेडेमी व्यवस्थापन समितिले २०६८ सालबाट हाल सम्म अध्यायपन गराउँदै आएका शिक्षकलाई सम्मान गरेको प्रिन्सिपल जगत प्रसाद रिजालले बताए । कार्यक्रमा एकेडेमीका नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीहरुले विभिन्न किसिमका सांस्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव प्रसाद अधिकारीको अध्यक्षता रहेको कार्यक्रममा नम्बर ६ बाहिनी अडाका सेनानी प्रथाना भुजेल, एडमार्क एकेडेमी कलेज तथा विज्डम एकेडेमीका अध्यक्ष पुरुषोत्तम अधिकारी, गल्छी गाउँपालिकाका वडा नम्बर ६ का वडा अध्यक्ष दिपक कार्की, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारी, पत्रकार केशब अधिकारी शिक्षक,शिक्षिका,विद्यार्थी,अभिभावक लगायतको उपस्थिति रहेको थियो ।