शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रेमसागर फाउण्डेशनद्वारा एसईई तयारी तथा उत्प्रेरणा गोष्ठी सम्पन्न

प्रेमसागर फाउण्डेशनद्वारा एसईई तयारी तथा उत्प्रेरणा गोष्ठी सम्पन्न

शिवराज आचार्य

१०, माघ २०८२
  • 5.2K
    SHARES
  • प्रेमसागर फाउण्डेशनद्वारा एसईई तयारी तथा उत्प्रेरणा गोष्ठी सम्पन्न

    धादिङ। धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ५ मा रहेको प्रेमसागर फाउण्डेशन जनभोजन कार्यक्रमद्धारा दिवा खाजा वितरण हुने विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै एसईइ तयारी तथा प्रेरणा गोष्ठी सम्पन्न भएको छ।

    images
    images

    धादिङ जिल्लाका ५ वटा र मकवानपुर जिल्लाको एउटा विद्यालयका गरी करिब १६६ जना एसईइ दिने विद्यार्थीहरुको सहभागिता रहेको गोष्ठीमा १७ जना विभिन्न विद्यालयका शिक्षकहरुको सहभागिता रहेको जनभोजन कार्यक्रमका व्यवस्थापक भोला राउतले जानकारी दिनु भयो।

    WhatsApp Image 2026-01-24 at 3.41.42 PM.jpeg

    गोष्ठीमा परीक्षाको प्रभावकारी तयारी, समय व्यवस्थापन, विषयगत अध्ययन विधि तथा परीक्षाको डर हटाउने उपायकाबारे प्रशिक्षण दिइएको थियो।
    तालिममा विशेषगरी नेपाली, अंग्रेजी, विज्ञान र गणित विषयको तयारीमा ध्यान केन्द्रित गरिएको थियो। प्रशिक्षकहरूले निरन्तर अभ्यास, आत्मविश्वास र सकारात्मक सोचले मात्र परीक्षामा सफलता हासिल गर्न सकिने बताएका छ्न।

    WhatsApp Image 2026-01-24 at 3.41.44 PM.jpeg

    गोष्ठीबाट विद्यार्थीहरुमा आत्मविश्वास बढेको सहभागीहरूले प्रतिक्रिया दिएका छन्। आयोजकका अनुसार एसईइ परीक्षाको संघारमा आयोजना गरिएको यस्तो कार्यक्रमले विद्यार्थीको मनोबल उच्च बनाउने विश्वास लिइएको छ।

    कार्यक्रमको काष्ठमाण्डु मेरिडियन स्कुलका प्रधानाध्यापक दिनेश न्यौपानेको टिमले सहजीकरण गर्नु भएको थियो।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ १०, २०८२ शनिवार - १९:५३:३७ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology