शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङ–१ मा एमाले उम्मेदवार त्रिपाठीलाई विकासमुखी नीति ल्याउन मतदाताको आग्रह

धादिङ–१ मा एमाले उम्मेदवार त्रिपाठीलाई विकासमुखी नीति ल्याउन मतदाताको आग्रह

नागरिक पाटी

२९, माघ २०८२
  • 2.8K
    SHARES
  • धादिङ–१ मा एमाले उम्मेदवार त्रिपाठीलाई विकासमुखी नीति ल्याउन मतदाताको आग्रह

    धादिङ । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत धादिङ क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट उम्मेदवारी दिनुभएका भूमि त्रिपाठीलाई मतदाताहरूले भूमिस्थान तथा तसर्पु क्षेत्रलाई विकाससँग जोड्न आग्रह गरेका छन्।

    images
    images

    मतदाता भेटघाट कार्यक्रमअन्तर्गत दक्षिणी धादिङको थाक्रे गाउँपालिका वडा नम्बर २, ३ र ४ का विभिन्न बस्तीमा पुगेका त्रिपाठीसँग स्थानीयले नागरिकको आवश्यकता र चाहनाअनुसार विकासका योजना अघि बढाउने तथा त्यसअनुरूप नीति, नियम र कानुन निर्माण गर्न सुझाव दिएका हुन्।

    WhatsApp Image 2026-02-12 at 6.01.52 PM.jpeg

    स्थानीयले प्रतिनिधिसभामा नीति–कानुन बनाउन पठाए पनि आफ्नो क्षेत्रको विकास र समृद्धिका लागि ठोस काम गर्नुपर्ने अपेक्षा राखेको बताएका छन्। महादेबेसी–निगाले–आग्रा सडक, महादेबेसी–रातमाटे–चल्ती सडक कालोपत्रे लगायतका योजनालाई प्राथमिकतामा राख्न आग्रह गरिएको छ।

    साथै सिंचाइ, खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रमा नागरिकको सहज पहुँच सुनिश्चित हुने गरी नीति बनाउन माग गरिएको छ। मतदाताको माग र सुझावलाई सम्बोधन गर्दै उम्मेदवार त्रिपाठीले नागरिकको आवश्यकता अनुसार नीति–नियम र कानुन निर्माण गर्ने तथा विकास निर्माणका योजनाहरू प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

    बिहीबार महादेबेसी, समनटार, सिम, मिलनचोक, भूमिचुली, डाँडाखार्क, डाँडागाउँ, निगाले, लिति, बाहुनथान र धैरेनीका मतदाताको घरदैलोमा पुगेर त्रिपाठीले जनपक्षीय कानुन निर्माण गर्दै विकासका कार्यक्रममार्फत जनताको पहुँच विस्तार गर्ने प्रतिवद्धता जनाउनुभएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २९, २०८२ बिहिवार - २१:५६:०५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology