शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

चितवन–३ मा रेणु दाहालको चुनावी अभियान तीव्र

चितवन–३ मा रेणु दाहालको चुनावी अभियान तीव्र

नागरिक पाटी

४, फाल्गुण २०८२
  • 1.7K
    SHARES
  • चितवन–३ मा रेणु दाहालको चुनावी अभियान तीव्र

    नेकपाका उम्मेदवार रेणु दाहालले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएकी छन् । भरतपुर महानगरपालिकाकी निवर्तमान मेयरसमेत रहेकी दाहालले घरदैलो कार्यक्रममार्फत स्थानीयका गुनासा, समस्या र सुझावहरू सङ्कलन गर्दै विकासका एजेन्डासहित मत मागिरहेकी छन् ।

    images
    images

    दाहालले आफू नयाँ अनुहार नभई काम गरेर देखाइसकेको व्यक्ति भएको भन्दै जनतासँग गरेको वाचा पूरा गरिछाड्ने बताएकी छन् । कृषि, पर्यटन र शिक्षाका मुद्दालाई जोडेर चितवनको विकास गर्ने आफ्नो एजेन्डा रहेको भन्दै उनले निकुञ्ज ऐनमा संशोधन गरी नयाँ ऐन ल्याउनुपर्ने उल्लेख गरेकी छन् ।

    दाहालले स्थानीय पूर्वाधार विकास, कृषि आधुनिकीकरण, महिला सशक्तीकरण, युवा स्वरोजगार तथा उद्यमशीलता प्रवर्द्धनलाई आफ्नो प्राथमिकतामा राखेकी छन् ।

    चितवन– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सोभिता गौतम पनि चुनावी मैदानमा रहेकी छन् । सो क्षेत्रमा यसअघिको निर्वाचनमा राप्रपाका उम्मेदवार विक्रम पाण्डे विजयी भएका थिए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ४, २०८२ सोमवार - १८:१५:०० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology