शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार सुशील कुमार कानुको घरदैलो

पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार सुशील कुमार कानुको घरदैलो

नागरिक पाटी

५, फाल्गुण २०८२
  • 2.1K
    SHARES
  • पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार सुशील कुमार कानुको घरदैलो
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले पर्सागढी नगरपालिका – ३ बढनिहारमा घरदैलो कार्यक्रम गरेका छन् ।
     
    घरदैलोका क्रममा मतदाताहरूसँग घण्टी चुनाव चिन्हमा मतदान गर्न आग्रह गर्दै कानुले बढनिहारसहित आसपासका क्षेत्रमा अस्पतालको अभाव, खेलकुद पूर्वाधारको कमी तथा कृषकहरूले भोग्दै आएको मल र सिँचाइ पानीको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
     
    युवाहरूलाई लक्षित गर्दै उनले स्थानीय स्तरमै पशुपालनसम्बन्धी प्राविधिक सीप तालिमको व्यवस्था गर्ने, स्वरोजगार तथा रोजगारीका अवसर सिर्जना गर्ने योजना सार्वजनिक गरे । स्थानीय स्तरमै रोजगारीको अवसर सृजना भएपछि वैदेशिक रोजगारीमा जान बाध्य युवालाई आफ्नै गाउँ–ठाउँमै भविष्य निर्माण गर्न सहयोग पुग्ने उनको विश्वास छ ।
     
    त्यसैगरी, स्थानीय स्तरमै प्रभावकारी अस्पताल व्यवस्थापन, आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच, शिक्षाको गुणस्तर सुधार रास्वपाको प्रमुख एजेन्डा रहेको कानुले बताए ।
     
    घरदैलोका क्रममा बढनिहारका ज्येष्ठ नागरिकहरूले उम्मेदवार कानुलाई खुला समर्थन जनाउँदै “अबको नेतृत्व परिवर्तनको हो” र “मतदान सन्तानको भविष्यका लागि” जस्ता नारा लगाएका थिए । लामो समयदेखि एउटै प्रकृतिको राजनीतिबाट आजित स्थानीयहरू यस पटक सचेत र परिवर्तनमुखी निर्णय लिन तयार देखिएका छन् ।
     
    बुद्धिजीवी, ज्येष्ठ नागरिक, युवा, महिला तथा कृषक समुदायले यसपालिको मतले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै उम्मेदवार कानुलाई समर्थन गरेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ५, २०८२ मंगलवार - २१:३७:०५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology