शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

रौतहटको गौर–६ मा निषेधाज्ञा जारी, सभा–जुलुसमा रोक

रौतहटको गौर–६ मा निषेधाज्ञा जारी, सभा–जुलुसमा रोक

नागरिक पाटी

९, फाल्गुण २०८२
  • 1.1K
    SHARES
  • रौतहटको गौर–६ मा निषेधाज्ञा जारी, सभा–जुलुसमा रोक

    जिल्ला प्रशासन कार्यालय रौतहटले गौर–६ क्षेत्रका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ। पछिल्ला दिनमा उत्पन्न तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै प्रशासनले अर्को आदेश नभएसम्मका लागि सभा, जुलुस, भेला, धर्ना, नाराबाजी लगायतका गतिविधिमा रोक लगाएको हो।

    images
    images

    प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा हालै भएको घटनापछि शान्ति–सुरक्षा कायम राख्न यस्तो निर्णय गरिएको उल्लेख छ। सूचनाअनुसार तोकिएको चार किल्लाभित्र पाँच जना भन्दा बढी व्यक्ति भेला हुन नपाउने, प्रदर्शन तथा उक्साहटपूर्ण गतिविधि गर्न नपाइने व्यवस्था गरिएको छ। रौतहटको गौर क्षेत्रमा तनाव बढेपछि शनिबार दिउँसो १ बजेदेखि कर्फ्यू जारी गरिएको छ। मस्जिदमा प्रार्थना भइरहेका बेला बाजा बजाएको विषयबाट विवाद सुरु भई झडप भएको हो। स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रयोग गरेको छ भने केही सवारी साधनमा आगजनी र तोडफोड भएको छ। अवस्था बिग्रन नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ।

     
     
     

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ९, २०८२ शनिवार - १३:४४:३२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology