नेपाल र भारतका सुरक्षा अधिकारीहरुको शनिबार वीरगन्जमा सम्पन्न सीमा समन्वय समितिको बैठकले प्रतिनिधिसभाको निर्वाचनभन्दा ७२ घण्टा अघिदेखि भारतसँगको सीमा पूर्णरुपले बन्द गर्ने निर्णय गरेको छ ।
वीरगन्जस्थित एकीकृत सुरक्षा जाँचचौकीमा सम्पन्न दुई देशिय बैठकले उक्त निर्णय गरेको हो । बैठकमा निर्वाचनको समयमा हुन सक्ने क्रस बोर्डर अपराधको सम्भावनालाई लिएर आवश्यक सतर्कता अपनाउने तथा सीमामा हुन सक्ने मदिराको खरिद बिक्री र सेवन तथा नक्कली नोटको कारोबारमा पनि आवश्यक निगरानी बढाउने सहमति भएको छ ।