शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

राजेन्द्र पाण्डेद्धारा बस दुर्घटनास्थलको अनुगमन

राजेन्द्र पाण्डेद्धारा बस दुर्घटनास्थलको अनुगमन

नागरिक पाटी

११, फाल्गुण २०८२
  • 1.0K
    SHARES
  • राजेन्द्र पाण्डेद्धारा बस दुर्घटनास्थलको अनुगमन

    नेपाली कम्युनिस्ट पार्टीका नेता तथा धादिङ क्षेत्र नम्बर–१ का उम्मेदवार राजेन्द्र पाण्डेले धादिङस्थित भैंसिगाौडा बस दुर्घटनास्थलको स्थलगत अनुगमन गरेका छन् । पृथ्वी राजमार्ग अन्तर्गत बेनिघाट रोराङ्ग–५ भैंसिगौडास्थित रोराङमा बस दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो । दुर्घटनाको खबर पाए लगत्तै पाण्डे उक्त स्थानमा पुगेर घटनाको स्थलगत जानकारी लिएका हुन् ।

    images
    images

    गएराति पोखराबाट काठमाडौँ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुवाहक बस दुर्घटना स्थलमा पुगेर पाण्डेले त्यहाँ कार्यरत नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय उद्धारकर्ताहरूसँग घटनाको स्थलगत जानकारी लिएका हुन् ।

    पाण्डेले घटनाको स्थलगत जानकारी लिँदै उद्धार तथा उपचार कार्यलाई तीव्र र प्रभावकारी बनाउन समन्वय गरेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ११, २०८२ सोमवार - १३:१७:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology