शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बालेन्द्र शाहको निर्वाचन खर्च १४ लाख १७ हजार

बालेन्द्र शाहको निर्वाचन खर्च १४ लाख १७ हजार

नागरिक पाटी

२५, फाल्गुण २०८२
  • 3.0K
    SHARES
  • बालेन्द्र शाहको निर्वाचन खर्च १४ लाख १७ हजार

    प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य एवं रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले निर्वाचन खर्च सार्वजनिक गर्नुभएको छ ।

    images
    images

    पाँचवटा निर्वाचन क्षेत्र रहेको झापामा ९० जनाले उम्मेद्वारी दिएर मतपरिणाम सार्वजनिक भइसकेपछि नेता बालेन्द्रले निर्वाचन खर्च सार्वजनिक गर्नुभएको हो । निर्वाचन प्रतिनिधिमार्फत जिल्ला निर्वाचन कार्यालय झापामा पेस गरिएको विवरणअनुसार शाहले निर्वाचन अभियानका क्रममा १४ लाख १७ हजार २२९ रुपियाँ खर्च भएको उल्लेख गर्नुभएको छ ।

    निर्वाचन प्रचार प्रशासका क्रममा सवारीसाधन खर्च २ लाख ९३ हजार ८ सय, हवाई भाडामा पाँच पटकका लागि ३५ हजार तथा मतदाता प्रशिक्षण कार्यक्रमको खाना खर्च शीर्षकमा २८ हजार ९७० र घरदैलो खर्च ५ लाख ८० हजार रुपियाँलगायतका खर्चहरु उल्लेख गरिएको छ ।

    खर्च विवरण शाहका प्रतिनिधि नवीन भण्डारीले जिल्ला निर्वाचन कार्यालय झापामा पेश गर्नुभएको हो । निर्वाचन कार्यालयका प्रमुख तुलसीकुमार नेपालका अनुसार निर्वाचन विवरण बुझाउने उम्मेद्वार शाह पहिलो हो। 

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २५, २०८२ सोमवार - १९:२२:०३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology