शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बेनीघाट रोराङमा पुस्तकालय व्यवस्थापन सम्बन्धि २ दिने तालिम सम्पन्न

बेनीघाट रोराङमा पुस्तकालय व्यवस्थापन सम्बन्धि २ दिने तालिम सम्पन्न

शिवराज आचार्य

१, चैत्र २०८२
  • 1.9K
    SHARES
  • बेनीघाट रोराङमा पुस्तकालय व्यवस्थापन सम्बन्धि २ दिने तालिम सम्पन्न

    धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० स्थित राष्ट्रिय माध्यमिक विद्यालय खोरभञ्ज्याङमा दुई दिने पुस्तकालय व्यवस्थापन तालिम सम्पन्न भएको छ। विद्यालयमा पुस्तकालयको प्रभावकारी व्यवस्थापन तथा प्रयोगलाई व्यवस्थित बनाउन उद्देश्यले तालिम सञ्चालन गरिएको हो।

    images
    images

    तालिममा विभिन्न विद्यालयका प्र.अ सहित करिब १२ जना शिक्षकहरूको सहभागिता रहेको सेफ परियोजनाका व्यवस्थापक सन्तोष सत्यालले बताउनु भयो।

    तालिमका प्रशिक्षक यज्ञराज भट्टले सहभागी शिक्षकहरूलाई पुस्तकालय व्यवस्थापनका आधारभूत सीप, पुस्तक वर्गीकरण, अभिलेख व्यवस्थापन तथा विद्यार्थीहरूमा पठन संस्कृतिको विकास गर्ने विषयमा प्रशिक्षण दिएको आयोजकले जनाएको छ।

    तालिमबाट विद्यालयमा पुस्तकालयको व्यवस्थापन सुधार भई विद्यार्थीहरूमा पठन संस्कृतिको विकासमा सहयोग पुग्ने अपेक्षा सहितको तालिम प्रदान गरिएको फिल्ड कार्यक्रम अधिकृत सुरज श्रेष्ठले जानकारी दिनु भयो।

    प्रयास नेपाल धादिङले आयोजना गरेको तालिकको बेनीघाट रोराङ गाउँपालिकाको समन्वय तथा चाइल्ड फण्ड जापानको आर्थिक सहयोग रहेको प्रयास नेपाल धादिङले बताएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १, २०८२ आइतवार - १९:२८:३० बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology