शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङका स्थानीय तहलाई आशिकाको जवाफ - स्थानीय स्वायत्तता अवैध असुलीको लाइसेन्स होइन

धादिङका स्थानीय तहलाई आशिकाको जवाफ - स्थानीय स्वायत्तता अवैध असुलीको लाइसेन्स होइन

नागरिक पाटी

६, चैत्र २०८२
  • 1.7K
    SHARES
  • धादिङका स्थानीय तहलाई आशिकाको जवाफ - स्थानीय स्वायत्तता अवैध असुलीको लाइसेन्स होइन

    रास्वपा सांसद आशिका तामाङले धादिङका १३ वटै स्थानीय तहका प्रमुख तथा अध्यक्षहरूद्वारा हालै जारी गरिएको संयुक्त विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण व्यक्त गर्दै संविधान, कानुन र सर्वोच्च अदालतको आदेशविपरीतका गतिविधिप्रति कडा आपत्ति जनाएकी छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै स्थानीय तहले असुल्ने सडक कर सम्बन्धमा आफ्नो अडान कायम राखेकी हुन् ।

    images
    images

    तामाङले संविधानको धारा २३२ (१) लाई उद्धृत गर्दै ‘समन्वय र सहकारिता’ को नाममा संघीय कानुन, वातावरणीय मापदण्ड र अदालतको आदेशलाई ठाडो चुनौती दिन नमिल्ने बताएकी छन् ।

    उनले संविधानको धारा २२८ (१) अनुसार कानुनबिना कुनै कर लगाउन नपाइने उल्लेख गर्दै सडकमा सवारी साधनबाट उठाइने ‘बाटो प्रयोग दस्तुर’ लाई अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ विपरीत र सुशासनको नाममा भएको लुट भनेकी छन् । तामाङले सर्वोच्च अदालतले २०७९ असार ९ गते क्रसर उद्योगको दूरी सम्बन्धी मापदण्ड खुकुलो बनाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको उल्लेख गर्दै अहिले पनि ‘ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७’ नै लागू रहेको स्पष्ट पारेकी छन् ।

    त्रिशूली र मलेखु नदीको दोहनलाई सर्वोच्च अदालतले ‘इकोसाइड’ (वातावरणीय हत्या) को संज्ञा दिएको उल्लेख गर्दै तामाङले संविधानको धारा ३० ले प्रदत्त स्वच्छ र स्वस्थ वातावरणको हकलाई स्थानीय तहको राजस्वभन्दा ठूलो भनेकी छन् ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ६, २०८२ शुक्रवार - २०:१६:३५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology