शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिवेशी आवासीय माध्यमिक विद्यालयले मनायो ३० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

धुनिवेशी आवासीय माध्यमिक विद्यालयले मनायो ३० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

आशिष ठकुरी

७, चैत्र २०८२
  • 2.6K
    SHARES
  • धुनिवेशी आवासीय माध्यमिक विद्यालयले मनायो ३० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

    धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ८ मा रहेको धुनिवेशी आवासीय माध्यमिक विद्यालयले आफ्नो ३० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । अभिभावक तथा विद्यार्थी अभिमुखिकरण, शिक्षक सम्मान, पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम सहित वार्षिकोत्सव तथा अभिभावक दिवस मनाईएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष केदार पाठकले बताउनुभयो ।

    images
    images
    2.jpg

    कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायन लगायतको प्रस्तुती प्रस्तुत गरेका छन् । कार्यक्रममा शिक्षक लगायतहरुलाई सम्मान प्रदान गरिएको छ ।

    3.jpg

    यस्तै प्रशिक्षक ईश्वर श्रेष्ठले शिक्षक, अभिभावक तथा विद्यार्थीलाई उत्प्रेरणात्मक प्रशिक्षण प्रदान गर्नुभएको छ । उहाँले हरेकको मनोबललाई उच्च बनाउनको लागि विभिन्न प्रसंग र तथ्यहरुलाई जोड्दै निकै रोचक र उत्कृष्ट तरिकाबाट प्रशिक्षण गर्नुभएको विद्यालयले जनाएको छ ।

    4.jpg

    बागमती प्रदेश संस्कृति तथा पर्यटन सचिव दिपेन्द्र सुवेदीको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा अन्य अतिथीहरुले पनि शुभकामना मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।
    कार्यक्रममा विद्यार्थी तथा अभिभावकहरुको उल्लेख्यरुपमा सहभागिता रहेको थियो ।

    5.jpg
    6.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ७, २०८२ शनिवार - १९:१७:४७ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology