धादिङ । धादिङको थाक्रे ८ मा रहेको ब्लुमिङ लोटस इङलिस माध्यमिक विद्यालयले ३४ औं वार्षिकत्सव तथा अभिभावक दिवस मनाएको छ ।
वि.स २०४८ सालमा स्थापना भएको ब्लुमिङ लोटस इङलिस माध्यमिक विद्यालयले आज आइतबार सांस्कृतिक कार्यक्रम सहित ३४ औं वार्षिक उत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण गरेर मनाएको विद्यालयका प्रिन्सिपल सञ्जीव गजुरेलले बताउनु भयो ।
विद्यालयले कक्षा नर्सरी देखि कक्षा ९ सम्म अध्ययन गरी वार्षिक परिक्षामा प्रथम, द्धितिय, तृतिय हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको प्रिन्सिपल गजुरेलले भनाइ छ । अतिरिक्त क्रियाकलापमा सहभागि भएका विद्यार्थीहरुलाई पुरस्कार,मेडल र प्रमाणपत्र समेत वितरण गरिएको छ।
विद्यालयले व्यवस्थापन समितिले अध्यायपन गराउँदै आएका शिक्षकहरुलाई सम्मान गरेको प्रिन्सिपल गजुरेलले बताउनु भयो । कार्यक्रमा विद्यालयका नर्सरी देखि कक्षा ९ सम्मका विद्यार्थीहरुले विभिन्न किसिमका सांस्कृतिक प्रस्तुती देखाएका थिए। साथै, आगामी दिनमा पनि शैक्षिक गुणस्तर अभिवृद्धिमा जोड दिने प्रतिबद्धता व्यक्त गरिएको छ।
कार्यक्रमका केही तस्बिरहरु ः




