शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

नागरिक पाटी

१४, बैशाख २०८३
  • 2.3K
    SHARES
  • कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

    यस वर्षको कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदै छ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको नयाँ र पुरानो कोर्स तथा ग्रेड वृद्धिको परीक्षा हुनेछ । वैशाख २७ गते सम्पन्न हुने परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः अर्को परीक्षाको व्यवस्था भने नगरिने बोर्डले जनाएको छ ।

    images
    images

    परीक्षामा नियमिततर्फ तीन लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिँदै छन् । जसमध्ये एक लाख ७२ हजार १२ छात्र, एक लाख ६० हजार १३७ छात्रा र अन्य २९ परीक्षार्थी सहभागी हुँदै छन् । आंशिकतर्फ ८५ हजार ८३० परीक्षार्थीहरू गरी चार लाख १८ हजार आठ विद्यार्थी सहभागी हुँदैछन् ।

    यो वर्ष सबैभन्दा कम मनाङमा ३१ र सबैभन्दा बढी काठमाडौंबाट ६४ हजार ३३ परीक्षार्थी सहभागी हुँदैछन् ।

    यो वर्ष देशभर एक हजार ४२० र जापानमा एक गरी कूल एक हजार ४२१ परीक्षा केन्द्र कायम गरिएको छ । सबैभन्दा बढी काठमाडौंमा १६१ र सबैभन्दा कम मनाङ र मुस्ताङ जिल्लामा एक–एक केन्द्र निर्धारण गरिएको बोर्डले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १४, २०८३ सोमवार - ०७:१८:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology