शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिवेशीमा गाईभैँसीलाई ‘लम्पी स्किन’ र ‘खोरेत’ विरुद्धको खोप लगाइँदै

धुनिवेशीमा गाईभैँसीलाई ‘लम्पी स्किन’ र ‘खोरेत’ विरुद्धको खोप लगाइँदै

सफलता आचार्य

१४, बैशाख २०८३
  • 4.1K
    SHARES
  • धुनिवेशीमा गाईभैँसीलाई ‘लम्पी स्किन’ र ‘खोरेत’ विरुद्धको खोप लगाइँदै

    धुनिवेशी, धादिङ । धुनिवेशी नगरपालिकाले नगरभित्रका सबै वडाहरूमा रहेका गाई तथा भैँसीका लागि संक्रामक रोग विरुद्धको खोप अभियान सुरु गर्ने भएको छ । नगरपालिकाको पशुुपन्छी विकास शाखाले एक सूचना जारी गर्दै लम्पी स्किन र खोरेत रोग विरुद्धको खोप तथा प्रभावकारिता परिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिएको हो ।

    images
    images

    चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत आगामी वैशाख २१ गतेदेखि यो अभियान सञ्चालन हुने पशुपन्छी विकास शाखाका प्रमुख डा. सुरज भण्डारीले बताउनुभयो ।

    खोप अभियानबारे थप जानकारी आवश्यक परेमा नगरपालिकाको फोकल पर्सन सरिता घर्ती मगर (९८६०३०६१७८) वा पशुुपन्छी विकास शाखाको कार्यालयमा सम्पर्क गर्न सकिने शाखाले जनाएको छ ।

    पशुुहरूमा महामारीका रूपमा फैलन सक्ने यी रोगहरूबाट बचाउन र आर्थिक क्षति कम गर्न यो खोप अभियान प्रभावकारी हुने शाखाका डा भण्डारीको भनाई छ ।
    सम्बन्धित वडा कार्यालय वा तोकिएका प्राविधिकहरूसँग समन्वय गरी आफ्ना गाईभैँसीलाई सुरक्षित बनाउन नगरपालिकाले विशेष आग्रह गरेको छ ।

    यस्तो छ सुचना

    dhunibeshi news.jpeg

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १४, २०८३ सोमवार - १९:१४:१० बजे

    सफलता आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology