शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बढ्यो अण्डाको मूल्य

बढ्यो अण्डाको मूल्य

नागरिक पाटी

२९, बैशाख २०८३
  • 1.8K
    SHARES
  • बढ्यो अण्डाको मूल्य

    नेपाल लेयर्स कुखुरा पालक सङ्घले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य मंगलबारदेखि लागू हुने सङ्घका सचिव मदन पोखरेलले जानकारी दिए। सोमबार भौतिक र भर्चुअल रूपमा भएको बैठकमा चितवनलाई आधार मानेर नयाँ समर्थन मूल्य तोकिएको हो । नयाँ मूल्यअनुसार अण्डाको मूल्य बढेको छ।

    images
    images

    ठुलो अण्डा प्रति क्रेटको मूल्य ४८५ रुपैयाँ र एक्सएल अण्डा प्रति क्रेट ५०० रुपैयाँ कायम गरिएको छ । यसअघि ठुलो अण्डा प्रति क्रेटको ४५० रुपैयाँ थियो भने एक्सएल अण्डा प्रति क्रेट ४६५ रुपैयाँ थियो।

    मध्यम अण्डा प्रति क्रेटको मूल्य ४३५ रुपैयाँ तोकिएको सचिव पोखरेलले बताए । यसअघि मिडियम अण्डाको मूल्य ४ सय थियो । 

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २९, २०८३ मंगलवार - ०६:१९:३३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology