शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मासटारमा राष्ट्रिय पोषण लेखाजोखा तथा पोषण प्रदर्शनी कार्यक्रम सम्पन्न

मासटारमा राष्ट्रिय पोषण लेखाजोखा तथा पोषण प्रदर्शनी कार्यक्रम सम्पन्न

शिवराज आचार्य

३०, बैशाख २०८३
  • 1.1K
    SHARES
  • मासटारमा राष्ट्रिय पोषण लेखाजोखा तथा पोषण प्रदर्शनी कार्यक्रम सम्पन्न

    धादिङ । राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम अन्तर्गत गल्छी गाउँपालिका वडा नं। ४ मासटारस्थित जनकल्याण माध्यमिक विद्यालय मा पाँच वर्ष मुनिका बालबालिकाहरुको पोषण अवस्था लेखाजोखा तथा पोषण प्रदर्शनी कार्यक्रम सम्पन्न गरिएको छ।

    images
    images

    WhatsApp Image 2026-05-13 at 7.44.16 PM (1).jpeg

    कार्यक्रममा पाँच वर्ष मुनिका बालबालिकाहरुको पाखुराको नाप, तौल तथा उचाइरलम्बाइ मापन गरी पोषण अवस्थाको मूल्याङ्कन गरिएको थियो। साथै अभिभावकहरुलाई सन्तुलित आहार, बाल पोषण तथा स्वस्थ जीवनशैली सम्बन्धी जानकारी प्रदान गरिएको थियो।

    WhatsApp Image 2026-05-13 at 7.44.16 PM.jpeg

    वैशाख १५ गतेदेखि सञ्चालन भएको कार्यक्रम अन्तर्गत वैशाख ३० गते बुधबार सम्पन्न कार्यक्रममा जम्मा ९२ जना पाँच वर्ष मुनिका बालबालिकाले सेवा लिएका थिए। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, विद्यालय परिवार तथा अभिभावकहरुको सक्रिय सहभागिता रहेको थियो।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख ३०, २०८३ बुधवार - १९:५६:३२ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology