धादिङ । Global Standard Educare ले धादिङको गजुरीमा नयाँ शाखा विस्तार गरेको छ। संस्थाले तेस्रो शाखाको रूपमा गजुरी गेट अगाडि नयाँ कार्यालय सञ्चालनमा ल्याएको हो।
ललितपुरको कुमारीपाटीस्थित प्रधान कार्यालय रहेको संस्थाले यसअघि गल्छीमा सफल शाखा सञ्चालन गरिसकेको छ। अब गजुरी शाखामार्फत धादिङ तथा आसपासका क्षेत्रका विद्यार्थीहरूले स्थानीय स्तरमै जापान सम्बन्धी सम्पूर्ण परामर्श सेवा प्राप्त गर्न सक्ने भएका छन्। जापानमा अध्ययन, तालिम तथा रोजगारीका अवसर खोजिरहेका विद्यार्थी तथा युवाहरूका लागि सेवा पुग्ने छ।
संस्थाले विद्यार्थी भिसा (Student Visa), प्रशिक्षण भिसा (Training Visa )तथा एसएसडब्ल्यू (SSW–Specified Skilled Worker) भिसासम्बन्धी परामर्श, जापानी भाषा कक्षा, आवश्यक कागजात तयारी, आवेदन प्रक्रिया तथा भिसा प्रक्रियासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।
गजुरी शाखाका शाखा प्रबन्धक कुमार घिमिरेले स्थानीय विद्यार्थी तथा युवाहरूलाई सही सूचना, भरपर्दो परामर्श र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यसहित शाखा सञ्चालनमा ल्याइएको बताएका छन्।