धादिङको थाक्रे गाउँपालिका–७, जुङ्गेखोलामा ‘अमृतम् प्योर भेज रेष्टुरेन्ट’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। शनिबार आयोजित एक कार्यक्रमबीच रेष्टुरेन्टको शुभारम्भ गरिएको हो। रेष्टुरेन्टको शुभारम्भ कार्यक्रममा जीवन विज्ञानका संस्थापक एवं आध्यात्मिक गुरु रमेश गुरुदेवको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा स्थानीयवासी, व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
शुद्ध शाकाहारी परिकार, सफा तथा सात्त्विक वातावरण र पारिवारिक आतिथ्यलाई प्राथमिकता दिएको रेष्टुरेन्टले ग्राहकलाई चिया–कफी, नास्ता, खाना तथा डिनर सेवा उपलब्ध गराउने जनाएको छ। यहाँ ताजा दूध, कफी, मोही र लस्सी जस्ता स्वास्थ्यवर्धक पेय पदार्थका साथै शुद्ध शाकाहारी खाना तथा खाजाको व्यवस्था रहेको सञ्चालक देबेन्द्र रुपाखेतीले जानकारी दिनुभयो।
पछिल्लो समय मानिसहरूमा शाकाहारी भोजनप्रतिको आकर्षण बढ्दै गएको र राजमार्ग क्षेत्रमा स्तरीय शाकाहारी होटलको अभावमा यात्रुहरूले सास्ती भोग्नुपरेको अवस्थालाई मध्यनजर गर्दै यो रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको अर्का सञ्चालक किरण रुपाखेतीले बताउनुभयो ।
यात्रु तथा स्थानीय बासिन्दालाई लक्षित गर्दै स्वच्छ, ताजा र स्वास्थ्यकर खानाको सेवा दिने उद्देश्यले व्यवसाय पृथ्वी राजमार्ग आसपास यात्रा गर्ने यात्रुका लागि समेत उपयुक्त गन्तव्य बन्ने अपेक्षा रेष्टुरेण्ट व्यवस्थापनको छ।