शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

नागरिक पाटी

६, जेठ २०८३
  • 1.1K
    SHARES
  • प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा प्रधानमन्त्री तथा गृह मन्त्री वालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले “प्रतिनिधि सभा सदस्य निर्वाचन ९पहिलो संशोधन० विधेयक, २०८३” प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

    images
    images

    साथै “प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३” प्रस्तुत गर्ने, “मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३” प्रस्तुत गर्न अनुमति माग्ने, “मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३” प्रस्तुत गर्ने कार्यसूची छ।

    मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) मा छलफल भएको थियो भने छलफलमा उठेका जिज्ञासामाथि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफ समेत दिएका थिए। गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ६, २०८३ बुधवार - ०७:२७:४८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology