शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थाक्रेको ढुंगाखानीमा ढुंगाले च्यापिएर ट्रिपर चालकको मृत्यु

थाक्रेको ढुंगाखानीमा ढुंगाले च्यापिएर ट्रिपर चालकको मृत्यु

नागरिक पाटी

८, जेठ २०८३
  • 1.8K
    SHARES
  • थाक्रेको ढुंगाखानीमा ढुंगाले च्यापिएर ट्रिपर चालकको मृत्यु

    धादिङको थाक्रे गाउँपालिका–७ राम्चेमा ढुंगाले च्यापिएर ट्रिपर चालकको मृत्यु भएको छ । ढुंगाखानीमा ढुंगा लोड गर्न गएको ट्रिपरमाथी ढुंगा खस्दा ट्रिपरभित्रै च्यापिर चालकको मृत्यु भएको हो ।

    images
    images

    बज्रकाली ढुंगा रोडा उद्योगमा ढुंगा लोड गर्न गएको बा५ख ८५८० नम्बरको ट्रिपरमाथी ढुंगा खस्दा सोही ट्रिपरका चालक थाक्रे गाउँपालिका–७ का दिपेन्द्र खत्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक प्रकास दाहालले जानकारी दिनुभयो ।

    ढुंगा खानी संचालकको लापरबाहीका कारण दुर्घटना भएको भन्दै स्थानीयले विरोध गरिरहेका छन् । खानी संचालक र मृतकका आफन्तसहित स्थानीयहरुले इलाका प्रहरी कार्यालयमा छलफल गरिरहेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ८, २०८३ शुक्रवार - १८:२२:५७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology