शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छी गाउँपालिकाले लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने

गल्छी गाउँपालिकाले लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने

आशिष ठकुरी

८, जेठ २०८३
  • 3.6K
    SHARES
  • गल्छी गाउँपालिकाले लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने

    धादिङ । गल्छी गाउँपालिकाले लोक सेवा आयोग तथा प्रदेश लोक सेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले सूचना जारी गर्दै स्थायी बसोबास गर्ने नागरिकलाई सरकारी सेवामा प्रवेश सहज बनाउने उद्देश्यले यस्तो कार्यक्रम ल्याइएको जनाएको हो ।

    images
    images

    गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत सञ्चालन हुने उक्त तयारी कक्षामा सहभागी हुने परीक्षार्थीका लागि ७५ प्रतिशत लागत गाउँपालिकाले व्यहोर्नेछ भने २५ प्रतिशत रकम सहभागी स्वयंले व्यहोर्नुपर्ने जनाइएको छ ।

    सूचना अनुसार गाउँपालिकाभित्र स्थायी रूपमा बसोबास गर्ने इच्छुक नागरिक तथा गाउँपालिकाभित्र सेवारत राष्ट्रसेवक शिक्षक र कर्मचारीहरूले ७ दिनभित्र गाउँपालिकामा निवेदन पेश गर्न सक्नेछन् । इच्छुक व्यक्तिले आवश्यक कागजातसहित गाउँपालिकाको कार्यालय बैरेनी, धादिङमा निवेदन दिन वा इमेलमार्फत पठाउन सक्ने व्यवस्था गरिएको छ ।

    आवश्यक कागजातमा नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता तथा आवश्यक प्रमाणपत्रको प्रतिलिपि र सेवामा रहेका व्यक्तिका हकमा कार्यरत निकायको प्रमाण समावेश गरिएको छ । सहभागीको उमेर हद पुरुषतर्फ १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको तथा महिला वा अपाङ्गताको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ ।

    यस्तो छ, सुचना : 

    suchana.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ८, २०८३ शुक्रवार - १९:२३:५० बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology