शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छीमा शनिबार निःशुल्क आँखा शिविर सञ्चालन हुने

गल्छीमा शनिबार निःशुल्क आँखा शिविर सञ्चालन हुने

नागरिक पाटी

८, जेठ २०८३
  • 3.5K
    SHARES
  • गल्छीमा शनिबार निःशुल्क आँखा शिविर सञ्चालन हुने

    गल्छी । तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँ र सक्सेस एकेडेमी गल्छीको संयुक्त सहकार्यमा गल्छी गाउँपालिकाको बैरेनीमा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । शिविर जेठ ९ गते शनिबार सक्सेस एकेडेमीको प्राङ्गण, बैरेनीमा बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन गरिने आयोजकले जनाएको छ ।

    images
    images

    शिविरमा तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँका वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखाको परीक्षण गरिनेछ । सामान्य आँखासम्बन्धी समस्याको समाधान शिविरमै गरिने तथा मोतियाबिन्दुजस्ता जटिल रोग देखिएका बिरामीलाई काठमाडौँ लगेर निःशुल्क शल्यक्रिया गरी पुनः घर फर्काउने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ। बिरामीका लागि खान, बस्न तथा उपचारसम्बन्धी सम्पूर्ण खर्च आयोजक संस्थाले व्यहोर्ने जनाइएको छ । आयोजकले यस अवसरको लाभ उठाउन सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीलाई आग्रह गरेको छ ।

    कार्यक्रमको आयोजकमा सक्सेस एकेडेमी गल्छी र स्थानीय स्काउट कार्यालय गल्छी रहेका छन् भने प्राविधिक सहयोग तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँले गर्नेछ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ८, २०८३ शुक्रवार - १९:४७:२३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology