शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छीमा ९ बुँदे मागसहित पालिका स्तरीय बाल भेला सम्पन्न

गल्छीमा ९ बुँदे मागसहित पालिका स्तरीय बाल भेला सम्पन्न

शिवराज आचार्य

१६, जेठ २०८३
  • 3.4K
    SHARES
  • गल्छीमा ९ बुँदे मागसहित पालिका स्तरीय बाल भेला सम्पन्न

    धादिङको गल्छी गाउँपालिकामा आगामी आर्थिक वर्ष २०८३÷८४ को योजना तर्जुमा प्रक्रियाका लागि ९ बुँदे मागसहित पालिका स्तरीय बाल भेला सम्पन्न भएको छ।

    images
    images

    जेठ १५ गते गाउँपालिकाको सभाहलमा आयोजित भेलामा गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा, बालमैत्री सहजकर्ता विपिन मल्ल, पालिका स्तरीय बाल सञ्जालका पदाधिकारी, विभिन्न बाल क्लबका अध्यक्ष तथा बालबालिकाहरूको सहभागिता रहेको थियो।

    708967784_976177185384137_1902562735428322760_n.jpg

    भेलामा पालिका स्तरीय बाल सञ्जालले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा बालबालिकासँग सम्बन्धित विभिन्न विषय समेट्नुपर्ने माग अघि सारेको छ। सञ्जालले शिक्षा, स्वास्थ्य, बाल संरक्षण, खेलकुद, सिर्जनात्मक तथा अतिरिक्त क्रियाकलाप, बालमैत्री पूर्वाधार लगायतका विषयलाई प्राथमिकतामा राखी आगामी बजेटमा समावेश गर्न आग्रह गरेको सञ्जालका अध्यक्षले जानकारी दिनु भयो।

    कार्यक्रममा सहभागीहरूले बालबालिकाको हक, अधिकार तथा आवश्यकता सम्बोधन हुने गरी स्थानीय सरकारका योजना तथा कार्यक्रम निर्माण हुनुपर्नेमा जोड दिएका थिए। भेलाबाट प्रस्तुत ९ बुँदे मागपत्र गाउँपालिका अध्यक्ष खतिवडालाई हस्तान्तरण गरिएको आयोजकले जनाएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १६, २०८३ शनिवार - ०७:४०:४८ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology