शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छी बाल समूह सञ्जालको अध्यक्षमा रोजिना खतिवडा चयन

गल्छी बाल समूह सञ्जालको अध्यक्षमा रोजिना खतिवडा चयन

शिवराज आचार्य

१६, जेठ २०८३
  • 4.2K
    SHARES
  • गल्छी बाल समूह सञ्जालको अध्यक्षमा रोजिना खतिवडा चयन

    धादिङको गल्छी गाउँपालिकामा पालिका स्तरीय बाल भेला सम्पन्न गर्दै गल्छी बाल समूह सञ्जालको पुनर्गठन गरिएको छ।

    images
    images

    गाउँपालिकाको सभाहलमा आयोजित भेलाबाट रोजिना खतिवडाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। सञ्जालको उपाध्यक्षमा अनिश भेटुवाल,सचिवमा सुचना अधिकारी,सह–सचिवमा स्वागत रिमाल,कोषध्यक्षमा नायुसा राना मगर चयन भएका छन्।

    सदस्यहरुमा प्रमिश तिवारी,कृष्मा नेपाल,सुदिप मगर,समिर श्रेष्ठ,सुजिता भ्यालिमगर,पवित्रा बि.क,पवित्रा तामाङ,निर्मला तामाङ,कोशिसमणी रिमाल,सिमा तामाङ, सक्षम नेपाल र संजिता श्रेष्ठ रहेका छन्।

    कार्यक्रममा गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा, बालमैत्री सहजकर्ता विपिन मल्ल, पालिका स्तरीय बाल सञ्जालका पदाधिकारी, विभिन्न बाल क्लबका अध्यक्ष तथा बालबालिकाहरूको सहभागिता रहेको थियो।

    भेलामा बाल अधिकार, शिक्षा, स्वास्थ्य, खेलकुद, बाल संरक्षण तथा बालमैत्री वातावरण निर्माणका विषयमा छलफल भएको थियो। सहभागीहरूले स्थानीय तहको योजना तथा बजेट निर्माण प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १६, २०८३ शनिवार - ०८:०७:३५ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology