आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङमा पत्रकारिता क्षेत्रका अग्रज सम्मानित, शाहको अर्धकद शालिक अनावरण

धादिङमा पत्रकारिता क्षेत्रका अग्रज सम्मानित, शाहको अर्धकद शालिक अनावरण

शिवराज आचार्य

२१, जेठ २०८३
  • 1.3K
    SHARES
  • धादिङमा पत्रकारिता क्षेत्रका अग्रज सम्मानित, शाहको अर्धकद शालिक अनावरण

    धादिङ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले जिल्लामा पत्रकारिताको सुरुवाती चरणमा योगदान पुर्‍याएका पाँच जना संस्थापक पत्रकारलाई सम्मान गरेको छ । महासंघको २४औँ साधारणसभाको अवसरमा तत्कालीन उपसभापति बासु तिमल्सिना, कोषाध्यक्ष लक्ष्मी कट्टेल तथा सदस्यहरू मोहनकुमार श्रेष्ठ, नबिनबन्धु पहाडी र उत्तम कँडेल सम्मानित भएका हुन् ।

    images

    713623764_1860570135344708_8061882726304899522_n.jpg

    महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीले जिल्लामा व्यावसायिक पत्रकारिताको जग बसाल्न तथा श्रमजीवी पत्रकारहरूको हकहितका लागि अग्रजहरूले पुर्‍याएको योगदानको कदरस्वरूप सम्मान गरिएको बताए ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष नितु पण्डितले अग्रज पत्रकारहरूको सम्मानले धादिङको पत्रकारिता इतिहासलाई थप समृद्ध बनाएको बताउँदै सरकारले मिडिया मैत्री नीति ल्याउनुपर्ने धारणा व्यक्त गरिन् ।

    यसै अवसरमा महासंघले संस्थापक सचिव तथा पूर्व अध्यक्ष स्वर्गीय पत्रकार राजेन्द्रप्रताप शाहको अर्धकद शालिक अनावरण गरेको छ । धादिङको ज्वालामुखी गाउँपालिका–३ मैदीमा जन्मिएका शाहले गोरखापत्र, कान्तिपुर दैनिक, हिमालय टाइम्स लगायत विभिन्न सञ्चारमाध्यममा काम गरेका थिए । धादिङका पहिलो फोटो पत्रकारका रूपमा चिनिने शाह पछिल्लो समय पिजन खबर डटकमका प्रवन्ध निर्देशक थिए । उनको २०७८ चैत २ गते निधन भएको थियो ।

    710781959_1860570592011329_4440545063938702326_n.jpg
    undefined

    शालिक अनावरण कार्यक्रममा धादिङ क्षेत्र नम्बर–२ का सांसद बोधनारायण श्रेष्ठले स्वर्गीय शाहको पत्रकारिता क्षेत्रमा रहेको योगदानको स्मरण गरेका थिए ।

    यसअघि महासंघका संस्थापक अध्यक्ष स्वर्गीय सीताराम प्रसाद वर्माको शालिक पनि सोही स्थानमा स्थापना गरिएको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ २१, २०८३ बिहिवार - ०७:३४:०१ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology