शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गंगाजमुनामा बाख्रापालन जलवायु कृषक पाठशाला सहजकर्ताको पुनःताजगी तालिम सम्पन्न

गंगाजमुनामा बाख्रापालन जलवायु कृषक पाठशाला सहजकर्ताको पुनःताजगी तालिम सम्पन्न

नागरिक पाटी

२८, जेठ २०८३
  • 1.3K
    SHARES
  • गंगाजमुनामा बाख्रापालन जलवायु कृषक पाठशाला सहजकर्ताको पुनःताजगी तालिम सम्पन्न

    बाख्रापालन जलवायु कृषक पाठशाला सञ्चालनमा संलग्न अगुवा कृषकहरूको दुई दिने क्षमता अभिवृद्धि तथा पुनःताजगी तालिम बिहीबार फुलखर्कमा सम्पन्न भएको छ।

    images
    images

    उत्थानशील जीविकोपार्जन तथा खाद्य सुरक्षा सुदृढीकरण (RELIEF) परियोजना अन्तर्गत प्रयास नेपाल, धादिङको आयोजनामा, आड्रा नेपालको साझेदारी तथा गंगाजमुना गाउँपालिकाको पशु सेवा शाखाको समन्वयमा मण्डली माध्यमिक विद्यालयको तालिम हलमा सञ्चालन गरिएको उक्त तालिममा गंगाजमुना गाउँपालिकाका सातवटै वडाबाट बाख्रापालन जलवायु कृषक पाठशाला सञ्चालनमा संलग्न १५ जना अगुवा कृषक तथा विभिन्न सरोकारवालासहित २६ जनाको सहभागिता रहेको थियो।

    तालिमको उद्घाटन सत्रमा गंगाजमुना गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिम्खडा, प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल, आड्रा नेपालका कार्यक्रम अधिकृत माधवजंग महत, वडा नं। ७ का अध्यक्ष कुमारबहादुर अधिकारी लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

    दुई दिनसम्म सञ्चालन भएको तालिममा जलवायु उत्थानशील बाख्रापालन अभ्यास, जलवायु कृषक पाठशाला सञ्चालन निर्देशिका, प्रभावकारी सहजीकरण सीप, वयस्क सिकाइ पद्धति, अभिलेखीकरण तथा प्रतिवेदन व्यवस्थापन लगायतका विषयमा छलफल तथा व्यवहारिक अभ्यास गरिएको थियो। साथै, विगतमा सञ्चालन भएका पाठशालाका अनुभव, सिकाइ, समस्या तथा चुनौतीहरूको समीक्षा गरी सुधारका उपायहरूबारे पनि विस्तृत छलफल गरिएको थियो ।

    तालिमका क्रममा स्थानीय पशु सेवा शाखाका प्रमुख निरञ्जना चौधरीले पशु स्वास्थ्य व्यवस्थापन, गंगाजमुना गाउँपालिकाबाट पशु सेवामा प्रदान हुदै आएका सहयोग,सुविधा,पहुँच विस्तार तथा स्थानीय सरकारसँगको समन्वयलाई अझ प्रभावकारी बनाउने विषयमा सहभागीहरूबीच साझा समझदारी विकास गरिएको थियो। प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले प्रभावकारी सहजीकरण सीप, वयस्क सिकाइ पद्धति तथा अगुवा कृषकहरूको भूमिका र जिम्मेवारी सम्बन्धी सत्र सञ्चालन गर्नुभएको थियो।

    समापन कार्यक्रममा सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई व्यवहारमा उतार्दै कृषक समूहहरूमा जलवायु उत्थानशील बाख्रापालन प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए। परियोजनाका पशु प्राविधिक रुपेश तामाङका अनुसार पुनःताजगी तालिमले अगुवा कृषकहरूको ज्ञान, सीप र सहजीकरण क्षमता अभिवृद्धि गरी बाख्रापालन जलवायु कृषक पाठशालाको गुणस्तर सुधार तथा दिगोपनामा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनु भयो।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २८, २०८३ बिहिवार - २०:०७:०४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology