आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

शिवराज आचार्य

१, आषाढ २०८३
  • 2.9K
    SHARES
  • गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।

    images

    723197595_122211166400514713_4023765959651116986_n.jpg

    “बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने नारासहित आयोजित कार्यक्रममा वडा नं. २ कार्यालय भवन परिसरमा विभिन्न प्रजातिका फूलका बिरुवा रोपिएको थियो। कार्यक्रममार्फत वातावरण संरक्षण, सरसफाइ तथा हरियाली प्रवद्र्धनमा बालबालिकाको सहभागिता अभिवृद्धि गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

    723197595_122211166592514713_1055751305682798649_n.jpg

    बाल सञ्जालका सदस्यहरूको सहभागितामा सम्पन्न कार्यक्रममा सञ्जालको नियमित बैठकसमेत बसेको थियो। बैठकमा बालअधिकार, बालमैत्री वातावरण निर्माण तथा आगामी गतिविधिबारे छलफल गरिएको जनाइएको छ।

    720675306_122211168056514713_7619607643765849215_n.jpg

    स्थानीय तहमा बालमैत्री वातावरण निर्माण र बालबालिकाको सक्रिय सहभागिता सुनिश्चित गर्न यस्ता कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको वडा बालमैत्री सहजकर्ता विमल श्रेष्ठले बताउनु भयो।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ १, २०८३ सोमवार - ०७:४५:३९ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology