शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिवेशीमा बृहत् बहु–विशेषज्ञ स्वास्थ्य शिविर, ६४१ जनाले लिए निःशुल्क सेवा

धुनिवेशीमा बृहत् बहु–विशेषज्ञ स्वास्थ्य शिविर, ६४१ जनाले लिए निःशुल्क सेवा

शिवराज आचार्य

१४, आषाढ २०८३
  • 1.4K
    SHARES
  • धुनिवेशीमा बृहत् बहु–विशेषज्ञ स्वास्थ्य शिविर, ६४१ जनाले लिए निःशुल्क सेवा

    धादिङ । धादिङको धुनिवेशी नगरपालिकामा आयोजित बृहत् बहु–विशेषज्ञ स्वास्थ्य शिविरबाट ६ सय ४१ जना लाभान्वित भएका छन्।

    images
    images

    धुनिवेशी नगरपालिका र स्वास्थ्य सहयोग नेपाल गुठीको संयुक्त आयोजनामा नौबिसे स्वास्थ्य चौकीमा शनिबार सम्पन्न शिविरमा बालरोग, हाडजोर्नी, स्त्रीरोग, छाला रोगलगायत विभिन्न स्वास्थ्य समस्याका बिरामीलाई विशेषज्ञ चिकित्सकमार्फत निःशुल्क परामर्श, परीक्षण तथा आवश्यक उपचार सेवा प्रदान गरिएको नौबिसे स्वास्थ्य चौकीका प्रमुख गीता भट्टले जानकारी दिनुभयो।

    731761134_1529676245353663_2461672762623545921_n.jfif
    undefined

    स्वास्थ्य चौकी सञ्चालन समितिका सदस्य प्रमोद पाठकको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख बालकृष्ण आचार्य, उपप्रमुख सुरज उप्रेती, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार खनाल, स्वास्थ्य सहयोग नेपाल गुठीका अध्यक्ष विष्णुहरी सुवेदी, उपाध्यक्ष सुबोध अधिकारी तथा स्वास्थ्य शाखा प्रमुख धुर्वकुमार अधिकारीलगायतको सहभागिता रहेको थियो।

    733529441_938604555305338_7598045768224379620_n.jfif

    स्थानीयवासीले विशेषज्ञ स्वास्थ्य सेवा आफ्नै क्षेत्रमा निःशुल्क प्राप्त गर्न पाएको भन्दै शिविर प्रभावकारी भएको बताएका छन्।

     

    731396436_935484219512130_4353604154613647537_n.jfif

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १४, २०८३ आइतवार - ०७:३४:३९ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology