शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रयास नेपालद्वारा बेनीघाट रोराङ–६ मा सामाजिक लेखा परीक्षण सम्पन्न

प्रयास नेपालद्वारा बेनीघाट रोराङ–६ मा सामाजिक लेखा परीक्षण सम्पन्न

शिवराज आचार्य

२४, आषाढ २०८३
  • 1.7K
    SHARES
  • प्रयास नेपालद्वारा बेनीघाट रोराङ–६ मा सामाजिक लेखा परीक्षण सम्पन्न

    धादिङ । बेनीघाट रोराङ गाउँपालिका–०६ मा आर्थिक वर्ष २०८२÷८३ मा सञ्चालन गरिएका कार्यक्रमहरूको सामाजिक लेखा परीक्षण सम्पन्न भएको छ।

    images
    images

    चाइल्डफन्ड जापानको सहयोग तथा प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास) नेपालद्वारा सञ्चालित शिक्षामा पहुँच सुनिश्चितता (SAFE) परियोजना अन्तर्गत वडा नम्बर ०६ स्यादुलमा सञ्चालित परियोजनाको सामाजिक लेखा परीक्षण गरिएको छ।

     

    कार्यक्रममा परियोजनामार्फत वर्षभरि सञ्चालन गरिएका गतिविधि, प्राप्त उपलब्धि, बजेट खर्च, सेवा प्रवाह तथा आगामी योजनाबारे सार्वजनिक रूपमा जानकारी गराइएको थियो। साथै सरोकारवालाहरूबाट सुझाव तथा प्रतिक्रियासमेत संकलन गरिएको थियो।

    लेखा परीक्षणका क्रममा बालबालिकाको नियमित सिकाइका लागि अभिभावक भेटघाट, विद्यार्थीको हाजिरी संकलन तथा विश्लेषण, विद्यालय भर्ना अभियान, जनचेतनामूलक कार्यक्रम, विद्यालय तथा वडा तहका विभिन्न बैठकमा सहभागिता लगायतका गतिविधि प्रस्तुत गरिएको थियो।


    सामाजिक लेखा परीक्षणले परियोजनामा पारदर्शिता, जवाफदेहिता, विश्वसनीयता र सुशासन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

    प्रयास नेपालका सह–सचिव कपिलदेव सापकोटाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा वडा अध्यक्ष टेकनाथ सिल्वाल, वडा सचिव, प्रयासका कार्यकारी निर्देशक दामोदर अर्याल, चाइल्ड फन्ड जापानका एरिया म्यानेजर कविराम बाठा मगर, सेफ परियोजनाका परियोजना व्यवस्थापक सन्तोष सत्याल, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, बालबालिका तथा स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो।
    कार्यक्रमको सहजिकरण पत्रकार राज ढुंगानाले गर्नु भएको थियो।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २४, २०८३ बुधवार - २१:१४:५० बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology