शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पहिरो पन्छाएसँगै पृथ्वी राजमार्ग खुल्यो

पहिरो पन्छाएसँगै पृथ्वी राजमार्ग खुल्यो

नागरिक पाटी

३२, आषाढ २०८३
  • 904
    SHARES
  • पहिरो पन्छाएसँगै पृथ्वी राजमार्ग खुल्यो

    पृथ्वी राजमार्गको चितवन इच्छाकामना गाउँपालिका-५ कुरिनटार नजिक सिमलधारामा पहिरोले शनिबार रातिदेखि अवरुद्ध भएको बाटो खुलेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाएसँगै बाटो पूर्ण रुपमा खुलेको र अहिले सवारी साधन दोहोरो सञ्चालनमा आएको जानकारी दिएको छ । चितवन प्रहरी कार्यालयका प्रवक्ता डिएसपी चन्द्र भुसन यादवले बबिहान ६ बजेर १५ मिनेटदेखि नारायणगढ–काठमाडौं जाने र आउने सवारी साधनहरुको आवागमन पूर्ण रुपमा खुलेको जानकारी दिए ।

    images
    images

    शनिबार राति साढे १० बजे तिर रूखहरू सहितको सुख्खा पहिरो खस्दा बाटो दुई तर्फी रूपमा नै अवरूद्ध भएको थियो । 

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ३२, २०८३ बिहिवार - ०८:४७:१० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology