शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

एमालेका मन्त्रीहरूको राजीनामापछि बागमती सरकार अल्पमतमा

एमालेका मन्त्रीहरूको राजीनामापछि बागमती सरकार अल्पमतमा

नागरिक पाटी

६, श्रावण २०८३
  • 1.5K
    SHARES
  • एमालेका मन्त्रीहरूको राजीनामापछि बागमती सरकार अल्पमतमा

    बागमती प्रदेश सरकार अल्पमतमा परेको छ। सत्ता साझेदार नेकपा (एमाले)ले आफ्ना ६ मन्त्रीको सामूहिक राजीनामा गराउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको हो।

    images
    images

    बुधबार एमालेका मन्त्रीहरूले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई भेटेर समर्थन फिर्ताको जानकारी गराएका थिए। त्यसपछि मुख्यमन्त्रीसँग भेट हुन नसकेपछि उनीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राजीनामा पत्र दर्ता गराएका हुन्।

    राजीनामा दिनेमा उद्योग, पर्यटन, श्रम तथा रोजगार मन्त्री बिन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसुदन पौडेल तथा विनाविभागीय मन्त्रीहरू किरण थापा, भरतबहादुर केसी र जयराम थापा रहेका छन्।

    एमालेले समर्थन फिर्ता लिएसँगै बागमती प्रदेशको सत्ता राजनीतिले नयाँ मोड लिएको छ। संविधानअनुसार अब मुख्यमन्त्री बानियाँले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ। सरकारको निरन्तरताका लागि ५३ सांसदको समर्थन आवश्यक पर्ने भएकाले नयाँ सत्ता समीकरणको प्रयास तीव्र हुने अपेक्षा गरिएको छ।

    हाल ११० सदस्यीय प्रदेशसभामा ६ पद रिक्त रहेकाले १०४ सदस्य कायम छन्। प्रदेशसभामा नेपाली कांग्रेसका ३६, नेकपाका २६, एमालेका २५, राप्रपाका १२, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ६, २०८३ बुधवार - १८:३८:०९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology