शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

नागरिक पाटी

१८, श्रावण २०८३
  • 1.6K
    SHARES
  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि

    सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो । निगमका अनुसार प्रतिलिटर पेट्रोलमा रु ३, डिजेल र मट्टितेलमा रु २ र हवाई इन्धनमा प्रतिलिटर रु २० ले मूल्यवृद्धि भएको हो ।

    images
    images

    यो सँगै पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर रु १९७, दोश्रो वर्गका लागि प्रतिलिटर रु १९९ र तेश्रो वर्गका लागि २०० पुगेको छ । यसअघि क्रमशः पहिलो, दोश्रो र तेश्रो वर्गका लागि रु १९४, १९६ र १९७ मूल्य कायम रहेको थियो । त्यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १९७, दोश्रो वर्गका लागि १९९ र तेश्रो वर्गका लागि प्रतिलिटर रु २०० कायम भएको छ ।

    यसअघि डिजेल र मट्टितेल क्रमशः पहिलो, दोश्रो र तेश्रो वर्गका लागि प्रतिलिटर रु १९२, १९४ र १९५ मा कायम थियो । त्यस्तै, हवाई इन्धनको मूल्य प्रतिलिटर २४९ पुगेको छ । यसअघि हवाई इन्धनको मूल्य प्रतिलिटर रु २२९ कायम थियो । एलपी ग्याँसको मूल्य भने यथावत राखिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १८, २०८३ सोमवार - ०८:२४:३९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology