शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

४० जिल्लाका नदी तथा खोलामा बाढीको जोखिम

४० जिल्लाका नदी तथा खोलामा बाढीको जोखिम

नागरिक पाटी

२०, श्रावण २०८३
  • 7.4K
    SHARES
  • ४० जिल्लाका नदी तथा खोलामा बाढीको जोखिम

    देशका केही नदी तथा खोलामा आज बाढीको जोखिम रहेको छ । भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढीको जोखिम रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर भएर बग्ने नदी तथा खोलामा बाढीको जोखिम छ ।

    images
    images

    मकवानपुर, नुवाकोट, धादिङ, रसुवा, गोरखा, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, तनहुँ, पाल्पा, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, वाग्लुङ भएर बग्ने नदी तथा खोलामा पनि बाढीको जोखिम छ । 

    रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, जुम्ला, बझाङ, दार्चुला, बैतडी, डोटी, डडेलधुरा, कन्चनपुर र आसपासका जिल्ला भएर बग्ने  स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको विभागले बताएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २०, २०८३ बुधवार - १०:२५:४३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology