शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

‘एक लायन, एक बिरुवा’ अभियानमा जुट्यो लायन्स क्लब अफ धादिङ नीलकण्ठ

‘एक लायन, एक बिरुवा’ अभियानमा जुट्यो लायन्स क्लब अफ धादिङ नीलकण्ठ

नागरिक पाटी

२२, श्रावण २०८३
  • 1.7K
    SHARES
  • ‘एक लायन, एक बिरुवा’ अभियानमा जुट्यो लायन्स क्लब अफ धादिङ नीलकण्ठ

    धादिङ । "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने मूल मर्मका साथ लायन्स डिस्ट्रीक्ट ३२५ के अन्तर्गत लायन्स क्लब अफ धादिङ, नीलकण्ठले वातावरण संरक्षण अभियान अन्तर्गत घर घरमा वृक्षरोपण गरेको छ। क्लबले आयोजना गरेको “एक लायन, एक बिरुवा” कार्यक्रम अन्तर्गत डिभिजन वन कार्यालय, धादिङको समन्वयमा बन कार्यालय परिसरमा बिरुवा ग्रहण तथा हस्तान्तरण गरेको थियो ।

    images
    images

    लायन्स क्लब अफ धादिङ, नीलकण्ठका अध्यक्ष पोषनाथ अधिकारीको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रममा डिभिजन वन कार्यालयका तर्फबाट अध्यक्ष अधिकारीलाई औपचारिक रूपमा बिरुवा हस्तान्तरण गरिएको थियो।

    कार्यक्रममा क्लबका सचिव दीपक सिटौला, कोषाध्यक्ष शरणकुमार श्रेष्ठ, ट्रेजरर गोविन्द भण्डारी, डिस्ट्रिक्ट सिनियर ए.ओ.जी. ईश्वरीप्रसाद पाण्डे र ईश्वरकुमार श्रेष्ठ लगायत अन्य लायन सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। वन कार्यालयबाट प्राप्त गरिएका ती बिरुवाहरू सम्पूर्ण लायन सदस्यहरूले ग्रहण गरी आ-आफ्नो घरआँगन तथा अनुकूल स्थानमा रोपेका छन्।

    बिरुवा ग्रहण गर्दै अध्यक्ष अधिकारीले वातावरण संरक्षणको सुरुआत व्यक्ति स्वयं र उसको आफ्नै घरबाट हुनुपर्नेमा जोड दिनुभयो। "हामीले समाज परिवर्तनका ठूला कुरा गर्नुअघि आफ्नै घर अघिको वातावरणलाई राम्रो र हरियाली बनाउनुपर्छ। घरबाट सुरु भएको यो सानो प्रयासले नै भोलि सिङ्गो समाज र देशको वातावरण जोगाउन ठूलो भूमिका खेल्नेछ," अध्यक्ष अधिकारीले बताउनुभयो।

    मानवता र नि:स्वार्थ समाज सेवामा समर्पित लायन्स क्लब्स इन्टरनेसनलको प्रमुख प्राथमिकताका क्षेत्रहरू (Global Causes) मध्ये 'वातावरण संरक्षण' (Environment) एक मुख्य स्तम्भ हो। लायन्सको यही सिद्धान्तलाई व्यावहारिक रूप दिँदै धादिङ नीलकण्ठले केवल एक दिन वृक्षारोपण गरेर छाड्ने नभई दीर्घकालीन योजनाका साथ अघि बढ्ने जनाएको छ। वातावरण संरक्षणका गतिविधिहरूलाई निरन्तरता दिन क्लबले वार्षिक क्यालेन्डर नै बनाएर व्यवस्थित रूपमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने सोच बनाएको छ।

    यसैबीच, क्लबले कार्यक्रममा उपस्थित भई बिरुवा ग्रहण तथा वृक्षारोपण गर्ने सम्पूर्ण सदस्यहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ। साथै, रोपेका बिरुवाहरूको संरक्षण सुनिश्चित गर्न र अन्यलाई पनि प्रोत्साहन गर्न अनुरोध गरेको छ। सहभागिता जनाउन नसकेका सम्पूर्ण लायन साथीहरूलाई पनि वातावरण संरक्षणको यो अभियानमा जोडिन र क्लबमा सम्पर्क गरी बिरुवा लगेर रोप्न लायन्स क्लब अफ धादिङ, नीलकण्ठ (डिस्ट्रिक्ट ३२५ के) ले आह्वान समेत गरेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २२, २०८३ शुक्रवार - १९:०२:२३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology