आइतवार, श्रावण ३१ गते २०८३

Sunday, Aug 16 2026 आइतवार, श्रावण ३१ गते २०८३

सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढ्यो

नागरिक पाटी

२४, श्रावण २०८३
  • 1.2K
    SHARES
  • सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढ्यो

    नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ निर्धारण भएको हो ।

    images

    शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । दुई दिनमा सुनको मूल्य ४ हजार ८ सय रुपैयाँले बढेको हो । त्यस्तै, सुनको मूल्य प्रतिदश ग्राम २ लाख ५८ हजार ६ सय ६० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।


    चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आइतबार चाँदी प्रतितोला ४ हजार ६ सय ४५ रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ५ सय ८० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले बढेको हो । चाँदीको मूल्य प्रतिदश ग्राम ३ हजार ९ सय ८३ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २४, २०८३ आइतवार - १२:५२:५९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology