शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको जुंगेखोलामा चार सवारी ठोक्किँदा तीनजना घाइते

धादिङको जुंगेखोलामा चार सवारी ठोक्किँदा तीनजना घाइते

नागरिक पाटी

२४, श्रावण २०८३
  • 1.3K
    SHARES
  • धादिङको जुंगेखोलामा चार सवारी ठोक्किँदा तीनजना घाइते

    धादिङको थाक्रे गाउँपालिका–७, जुंगेखोलास्थित पृथ्वी राजमार्गमा चारवटा सवारीसाधन एकआपसमा ठोक्किँदा तीनजना घाइते भएका छन्। आइतबार काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.३ ख ८८८८ नम्बरको हायस र विपरीत दिशाबाट आउँदै गरेको बा.४ ख ३९५१ नम्बरको टिपर आपसमा ठोक्किएका थिए। त्यसपछि सोही दिशातर्फ जाँदै गरेको ग.१ ज ३५११ नम्बरको ट्याक्सी र बा.प्र. ०२–०१८ प १८५९ नम्बरको स्कुटर पनि टिपरको पछाडि ठोक्किएका हुन्।

    images
    images

    दुर्घटनामा हायसमा सवार तनहुँ आबुँखैरेनी गाउँपालिका–१ का ४७ वर्षीय शिव थापा, धादिङ गजुरी गाउँपालिका–८ का ६५ वर्षीय कुलप्रसाद ढुंगाना र गोरखा नगरपालिका–१३ की ३६ वर्षीया सरस्वती श्रेष्ठ घाइते भएका छन्।

    घाइते तीनैजनाको उद्धार गरी धार्केस्थित साइबाबा सामुदायिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २४, २०८३ आइतवार - २२:०७:४० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology