देशका विभिन्न स्थानमा शनिबार ९साउन ३०० दिउँसो वर्षा भएको छ । भारीसम्म वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अपराह्न ४ः१५ बजेको मापनमा पछिल्लो तीन घण्टाको अवधिमा काठमाडौंको कपनमा पनि भारी वर्षा भएको छ । यो अवधिमा कपनमा ५२।८ मिलिमिटर पानी परेको छ । काठमाडौंकै बूढानीलकण्ठमा ३४ मिलिमिटर पानी परेको विभागले जनाएको छ ।
मध्यमदेखि भारी वर्षासँगै खोलानदीमा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।