आइतवार, श्रावण ३१ गते २०८३

Sunday, Aug 16 2026 आइतवार, श्रावण ३१ गते २०८३

नागढुङ्गा सुरुङ : सर्वसाधारणलाई पहुँच कहिले ?

नागढुङ्गा सुरुङ : सर्वसाधारणलाई पहुँच कहिले ?

नागरिक पाटी

३०, श्रावण २०८३
  • 1.7K
    SHARES
  • नागढुङ्गा सुरुङ : सर्वसाधारणलाई पहुँच कहिले ?

    नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा अहिले एम्बुलेन्सलगायतका आकस्मिक तथा आपत्कालीन सवारीका लागि मात्र खुला गरिएको छ । साउन दोस्रो साता उद्घाटन भएको नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गमा अहिले दैनिक १५० देखि २०० सम्म आकस्मिक तथा आपत्कालीन सवारीसाधन सुरुङमार्ग भएर ओहोरदोहोर गर्ने गरेको आयोजनाका उपनिर्देशक इन्जिनियर सञ्जय पन्थीले जानकारी दिए । उनका अनुसार त्यस्ता सवारीसाधनलाई निःशुल्क रूपमा ओहोरदोहोर गर्न दिइएको छ ।

    images

    अन्तिम चरणको सुरक्षा परीक्षण तथा आपत्कालीन अभ्यास बाँकी रहेको उनको भनाई छ । उनका अनुसार सुरुङलाई सर्वसाधारणका लागि खुला गर्ने आवश्यक तयारी अन्तर्गतै सुरुङमार्गभित्र आपत्कालीन उद्धार अभ्यास सम्पन्न भएको छ । आयोजना अन्तर्गत रहेका आपत्कालीन उद्धार समूहले सफलतापूर्वक उद्धार अभ्यास सम्पन्न गरेका हुन् । यस समूहमा काठमाडौँ महानगरपालिका, चन्द्रगिरि नगरपालिका, युद्ध वारुणयन्त्र, सशस्त्र प्रहरी अस्पताल र सशस्त्र प्रहरी बलको डिजास्टर समूह रहेका छन् । सुरुङमार्गभित्र आगो लागेको अवस्थामा कसरी निभाउने भन्ने विषयमा अभ्यास गरिएको बताउँदै उनले यात्रुले खचाखच भरिएका बसमा आगो लागेको अवस्थामा कसरी आगो निभाउने, यात्रुको उद्धार कसरी गर्नेलगायतको विषयमा थप अध्ययन भइरहेको उनले जानकारी दिए ।

    यसपछि सुरुङमार्ग सञ्चालनको जिम्मा लिएका कम्पनीले ‘सुरुङमार्ग सञ्चालन योजना’ पेस गर्छन् । त्यसको अध्ययन गर्छौं र स्वीकृत भएपछि चरणबद्ध रूपमा सुरुङमार्ग सर्वसाधारणका लागि व्यावसायिक रूपमा खुला हुने उनको भनाई छ । सुरुको चरणमा साना गाडीलाई सुरुङभित्र सीमित गतिमा ओहोरदोहोरको स्वीकृति दिइने छ । कुनै कारणवश सुरुङभित्र ठुला सवारीसाधन दुर्घटना भएको अवस्थामा त्यसको उद्धार गर्ने अभ्यास नभएकाले सुरुमा साना सवारीसाधनलाई सुरुङभित्र प्रवेशको अनुमति दिने उहाँले स्पष्ट पार्नुभयो । आगामी सोमबारदेखि साना सवारीसाधनलाई सुरुङमार्गभित्र ओहोरदोहोरको अनुमति दिने गरी तयारी भइरहेको उपनिर्देशक ई पन्थीले जानकारी दिए ।

     

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३०, २०८३ शनिवार - १७:५८:०४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology