आइतवार, श्रावण ३१ गते २०८३

Sunday, Aug 16 2026 आइतवार, श्रावण ३१ गते २०८३

धार्केमा बृहत् रक्तदान कार्यक्रममा १३५ युनिट रगत संकलन

धार्केमा बृहत् रक्तदान कार्यक्रममा १३५ युनिट रगत संकलन

शिवराज आचार्य

३०, श्रावण २०८३
  • 2.3K
    SHARES
  • धार्केमा बृहत् रक्तदान कार्यक्रममा १३५ युनिट रगत संकलन

    धादिङको धुनिबेशी नगरपालिका–६, धार्के बजारमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

    images

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धुनिबेशी नगर समितिको आयोजना तथा जिल्ला समितिको समन्वयमा कार्यक्रम गरिएको हो। रक्तदान कार्यक्रममा १३० जना पुरुष र ५ जना महिला गरी कुल १३५ जनाले रक्तदान गरेका छन्।

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रास्वपा जिल्ला समिति धादिङले आयोजना गरेको साताव्यापी कार्यक्रमअन्तर्गत धार्केमा रक्तदान कार्यक्रम गरिएको जिल्ला सभापति राजन अर्यालले बताउनुभयो।

    कार्यक्रममा रक्तदान जीवन बचाउने महत्वपूर्ण मानवीय कार्य भएको भन्दै अतिथिहरूले यसको महत्वबारे चर्चा गरेका थिए। रक्तदान कार्यक्रममा स्थानीय नागरिक, व्यापारी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, रास्वपाका नेता तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो।

    आयोजकका अनुसार कार्यक्रममा संकलित रगत आवश्यक परेका बिरामीको उपचारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३०, २०८३ शनिवार - २१:२१:१९ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology