मंगलवार, भाद्र २ गते २०८३

Tuesday, Aug 18 2026 मंगलवार, भाद्र २ गते २०८३

नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व

नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व

नागरिक पाटी

१, भाद्र २०८३
  • 883
    SHARES
  • नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व

    प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी पर्व आज देशभरका हिन्दु धर्मावलम्बीहरूले श्रद्धा र भक्तिका साथ मनाउँदै छन् । आजको दिन घर तथा कार्यालयका मूल ढोकामा नागको तस्बिर टाँसेर नाग देवताको पूजा अर्चना गर्ने परम्परा रहेको छ ।

    images

    आज बिहानै सबेरै उठी स्नान गरी दियो, कलश र गणेशको पूजा गरेपछि घरको ढोकामा गाईको गोबर प्रयोग गरी नागको चित्र टाँस्ने गरिन्छ । नागको मानचित्रमा दही, दुबो, कुश, सिन्दूर र चन्दन अर्पण गरी पूजा गर्नाले वर्षभरि घरमा सर्प, बिच्छी जस्ता विषालु जीवको भय नहुने धार्मिक विश्वास छ । साथै, यसरी नागको पूजा गर्दा अग्नि, मेघ र चट्याङको डरबाट पनि बच्न सकिने जनविश्वास रहिआएको छ ।

    शास्त्र अनुसार अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागहरूको पूजा गर्ने विधान छ । नाग पञ्चमीका दिन ‘नाग स्तोत्र’ पाठ गर्दै नागको तस्बिर टाँस्ने गरिन्छ ।

    ज्योतिष शास्त्रीय मान्यता अनुसार नागको शिर महिना अनुसार फरक दिशामा हुने गर्दछ । यस वर्ष नाग पञ्चमी भदौ महिनामा परेकाले नागको शिर पूर्व दिशामा रहेको सम्झी पूजा गर्नुपर्ने उल्लेख छ । आज नाग टाँस्नका लागि बिहान ५ बजेर ३५ मिनेटसम्म ‘अमृत बेला’ र बिहान ७ बजेर १४ मिनेटदेखि ८ बजेर ५० मिनेटसम्म ‘शुभ बेला’ रहेकाले सो समयलाई उत्तम मानिएको छ ।

    आजको दिनलाई ज्योतिष शास्त्रमा विशेष मानिन्छ । कुण्डलीमा राहु र केतुका कारण हुने ‘कालसर्प योग’ बाट मुक्ति पाउन आजको दिन नागको विशेष पूजा गर्ने गरिन्छ । साथै, नयाँ घर निर्माण गर्दा हुने नाग दोषबाट मुक्त हुन पनि आजैको दिन भूमिमा नाग देवताको विधिपूर्वक पूजा गर्ने गरिन्छ ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १, २०८३ सोमवार - ०७:०५:२७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology