शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

वाग्मतीसहितका प्रदेशमा भारी वर्षा

वाग्मतीसहितका प्रदेशमा भारी वर्षा

नागरिक पाटी

१९, भाद्र २०८३
  • 2.8K
    SHARES
  • वाग्मतीसहितका प्रदेशमा भारी वर्षा

    देशका विभिन्न स्थानमा आज भारी वर्षाको सम्भावना छ । दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभाग, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    images
    images

    जल तथा मौसम विज्ञान विभागका अनुुसार राति कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    विभागले दिउँसो देशभर साधारणतया बादल लाग्ने बताएको छ । हिमाली भूभागका केही स्थानमा तथा पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्म वर्षारहिमपातको सम्भावना छ ।

    वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चि प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस र कोसी प्रदेशको तराई क्षेत्रका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

    विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ । हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।

    कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा मधेस प्रदेशको एकदुई स्थानमा मध्यमसम्म वर्षाको पूर्वानुमान छ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थानको आसपास रहेको विभागले बताएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १९, २०८३ शुक्रवार - ०७:३५:०० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology