शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

हेटौँडा–काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा–काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

नागरिक पाटी

२०, भाद्र २०८३
  • 2.2K
    SHARES
  • हेटौँडा–काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

    बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहजबनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी सडकलाई वैकल्पिक मार्गका रूपमा सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा पहिरोका कारण यातायात प्रभावित भएपछि वैकल्पिक सडकको आवश्यकता बढेसँगै प्रदेश सरकारले उक्त सडकको आवश्यक मर्मत तथा स्तरोन्नति गरी सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

    images
    images

    मुख्यमन्त्री किरण थापा मगरले मुख्य राजमार्गमा पटकपटक देखिने अवरोधका कारण हेटौँडा–काठमाडौँ आवतजावत प्रभावित हुने समस्या न्यूनीकरण गर्न वैकल्पिक सडकलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।

    मुख्यमन्त्री थापा, भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसी, मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्ठा र भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदमलामासहितको टोलीले बिहीबार भीमफेदी–कोगटे–ईपा–सिस्नेरी सडकखण्डको स्थलगत निरीक्षण गरेको थियो ।

    मुख्यमन्त्री थापाकाअनुसार उक्त सडकको मर्मत तथा स्तरोन्नतिका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमै बजेट विनियोजन गरेको छ । सडकको अवस्था हेरेर तत्काल आवश्यक मर्मतको काम अघि बढाइ सवारी आवागमन योग्य बनाउने प्रदेश सरकारको तयारी रहेको उनले बताए ।

    उक्त सडक सञ्चालनमा आएपछि हेटौँडा–काठमाडौँ आवागमनका लागि थप विकल्प उपलब्ध हुने तथा पृथ्वी राजमार्गलगायतका मुख्य सडक अवरुद्ध भएका बेलायात्रु तथा सवारी साधनलाई वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाउन सहज हुने अपेक्षा गरिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २०, २०८३ शनिवार - ०६:२५:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology